बुधबार थप ८,१७३ जनामा कोरोना संक्रमण, २४६ जनाको मुत्यु
काठमाडौं । आज बुधबार एकैदिन ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७, ९८९ रहेको छ । भने वितेको २४ घण्टामा थप २ सय ४६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५६ पुगेको छ ।












