एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, आजै बन्द हुने « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, आजै बन्द हुने



काठमाडौं । एनएमबि बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने बिहीबार (जेठ ६ गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म आवेदन दिन सकिने बैंकले सूचनामार्फत जानकारी गराएको छ । एनएमबिले जेठ २ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख  इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । मागभन्दा बढी आबेदन परेकाले आजै बैंक समयपस्चात बन्द गरिने जनाएको छ ।

एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा आज (जेठ २ गते, शुक्रबार) देखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो । बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गरेको हो ।

प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको हो । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । एनएमबि बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गरेको हो ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्