विहीबार नेप्से बढेपनि लगातार कीर्तिमान बनाउने गति राेकियाे, २ अर्ब घट्याे कारोबार « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

विहीबार नेप्से बढेपनि लगातार कीर्तिमान बनाउने गति राेकियाे, २ अर्ब घट्याे कारोबार



बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अंकले बढेर २७८७.१८ अंकमा बन्द भएको छ । बुधबार घटेको नेप्से परिसूचक बिहीबार भने थोरै अंकले बढेको हो ।

बुधबार सेयर बजार सूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको थियो । बुधबारजस्तै विहीबार पनि दिनभरमा २१४ कम्पनीको सेयर किनबेच भयाे । तर काराेबार भएकाे सेयर संख्या र रकममा भने ठूलाे कमी देखिएकाे छ । बुधवार २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच भएकाेमा विहीबार

बुधबार सेयर बजार सूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको थियो । बुधबारजस्तै विहीबार पनि दिनभरमा २१४ कम्पनीको सेयर किनबेच भयाे । तर काराेबार भएकाे सेयर संख्या र रकममा भने ठूलाे कमी देखिएकाे छ । बुधवार २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच भएकाेमा विहीबार २ कराेड १ लाख ३३ हजार ६०२ कित्तामा सीमित भयाे । काराेबार रकम पनि अघिल्लाे दिनकाे ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैयाँबाट ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

बिहीबार ट्रेडिङ समूह २२.६३ अंक, इन्भेष्टमेन्ट समूह ०.७५ अंक, जीवन बीमा समूह ७८.८५ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ५६.८२ अंक, माइक्रोफाइनान्स समूह १३.२३ अंक, होटल तथा पर्यटन समूह २३.६७ अंक, हाइड्रो पावर समूह ४२.४९ अंक र निर्जीवन बीमा समूह २३.४७ अंकले घटेको छ । यद्यपि, बजारकाे प्रबृत्तीले बढ्दाे लय पछ्याउन भने छाडेकाे छैन ।

त्यस्तै, बिहीबार बैंकिङ समूह १७.३४ अंक, फाइनान्स समूह ८९.२६ अंक, अन्य समूह १.८० अंक र डेभलपमेन्ट बैंंक समूह ११३.४४ अंकले बढेको हो । म्युचुअल फण्ड समूह बराबर नै रहेको नेप्सेले जनाएको ।


प्रतिक्रिया दिनुहोस्