धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने मन्त्रिपरिषदको निर्णय, ओलीलाई भेट्न ठाकुर किन पुगे बालुवाटार ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव गरेका छन ।
आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ ९ गते संसदको अधिवेशन बोलाउने निर्णय गरेको होे । अव उक्त प्रक्रियाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन ।
प्रधानमन्त्रीले ओली हालै संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका छन । उनले एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने हुन्छतर ओलीले विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको नयाँ सरकार गठनका लागि प्रस्ताव गरेका छन ।
त्यसैगरी अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा त्यस्तो सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्रीपदमा नियुक्त गर्न सक्नेछिन ।
त्यसैगरी नयाँ सरकार गठन हुनेभएपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महताे मन्त्रिपरिषद बैठक सकिएसंगै बालुवाटार पुगेका छन । समाजवादी पार्टीले अाफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेकाे छ ।













