शुक्रबार ७८९० जना निको भए, थप ८४०७ जनामा कोरोना संक्रमण « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

शुक्रबार ७८९० जना निको भए, थप ८४०७ जनामा कोरोना संक्रमण



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ८४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ०५२ पुगेको छ ।

त्यस्तै, आज थप १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ६ हजार २४ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् । योसहित देशभर कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

त्यसैगरी हाल १ लाख १६ हजार १ सय ९२ जना आईसोलेसनमा रहेका छन भने ९१२ जना देशभर क्वारेन्टाइनमा रहेका छन ।


प्रतिक्रिया दिनुहोस्