नेको इन्स्योरेन्सले १६.३२ प्रतिशत लाभांश दिने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६–२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। वितरणपछि चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ