स्थगित स्नातक तह प्रथम वर्षको परीक्षा साउनमा लिने त्रिविको योजना
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका कारण स्थगित भएको स्नातक तहका परिक्षा त्रिभुवन विश्वविद्यालयले कोरोना साउन महिनादेखि संचालन गर्ने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण पटक पटक रोकिएको र १८र१९ महिनादेखि एउटै कक्षमा पढ्न बाध्य भएका स्नातक तह प्रथम वर्षको परिक्षा साउनसम्म दिने तयारी गरेको त्रिविले जनाएको छ ।
हिजो त्रिविले एक सुचना जारी गदै स्नातक प्रथक वर्षको परीक्षा फारम छुट भएकाको जेठ २० गतेभित्र अनलाई फारम भर्नको लागि व्यवस्था गरेको जनाएको थियो ।
हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।













