सुनको मूल्य २ हजारले घट्यो, कारण के ?

काठमाडौं । सुनको मूल्यमा लगातार ओरालो लाग्दै गएको छ । गत हप्ताको अन्तिमसम्म बढिरहेको सुनको मुल्य चैत महिना लागेदेखी ओरालो लागि रहेको छ ।
अर्काे कारण भनेको विश्वव्यापी रुपमा त्रासका रुपमा फैलिरहेको कोरोना भाईरसले गर्दा पनि सुनको मूल्यमा गिरावट आएको हो ।
चैत महिनमा विवाह कम हुने भएकाले त्यति सुनको कारोवार नहुने भएकाले मूल्य घट्दै गएको हो । यस हप्ता मंगलबार सुनको मूल्य २ हजारले घटेको छ ।
सोमवार ७७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्यमा आज एकै दिन २ हजारले घटेर प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ । यस्तै, हिजो ७ सय ९० रुपैंयामा कारोबार भएको चाँदी ८० रुपैंयाले घटेर प्रतितोला ७ सय १० रुपैंयामा कारोबार भइरहेको महाँसघले जनाएको छ ।
मूल्य हेर्न यहाँ क्लिक गर्नुहोसः