एनआईसी एशिया बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाईनबाटै लिन सक्ने, ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न मिल्ने « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

एनआईसी एशिया बैंकका ग्राहकहरूले प्रिपेड डलर कार्ड अनलाईनबाटै लिन सक्ने, ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न मिल्ने



काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एपमा रहेको iServe प्लेटफर्ममार्फत उपभोग गर्न सक्नेछन ।VISA NETWORK मा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन ।

बैंकका ग्राहकहरुले बैंककोSelf Help Banking platform iServe भित्र Card Servicesमा क्लिक गरी Dollar Card Request मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ । उक्त विवरण भरेपछि मोबाइल नम्बरमा OTP प्राप्त हुने र उक्त OTP राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सक्नुेछन ।

आफुलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सक्ने बैंकले जनाएको छ । यसरी रकम लोड गरेपछि आफुलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउँनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सक्नेछन ।

बैंकको मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्