राष्ट्र बैंकको पछिल्लो सर्कुलरले नेप्से परिसूचक सामान्य घटेपनि १५ अर्बको कारोबारले नयाँ रेकड बनायो

काठमाडौं । साताको अन्तिम दिन नेप्से सामान्य अंकले करेक्शन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो सर्कुलरले गर्दा नेप्सेमा प्रभाव पारेपनि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि नेप्से परिसूचकमा नयाँ रेकर्ड बनाउँदै आएको बजारमा कारोबारभने नयाँ रकेर्ड बनाएको छ । कारोबारमा भने नेप्सेले नयाँ रेकर्ड बनाउँदै आएको हो ।
साताको अन्तिम दिन बिहीबार नेप्स सूचक १.२ अंकले घछेर २८१५.४ अंकमा बन्द भएको छ । यसअघि यसै साताको सोमबार जेठ १० गते नेप्से परिसूचक २८२३.०५ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो ।
राष्ट्र बैंकको पछिल्लो सर्कुलरले नेप्सेमा प्रभाव पारेको सेयर विज्ञहरुले बताएका छन् । तर पनि केहीले सकारात्मक रुपमा लिएका छन् । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेकाले नआत्तिन सेयर विज्ञहरुले बताएका छन् । यसले बजारमा कुनै असर नगर्ने उहाँहरु बताउँछन् ।
त्यस्तै, बिहीबार नेप्सेमा हालसम्म कै सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । बिहीबार दिनभरिमा २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ सेयर कित्ता १ लाख ४७ हजार ४९३ पटक किनबेच हुँदा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँको कारोबार भएको छ । यो हालसम्म कै उच्च कारोबार हो । यस अघि जेठ १० गते सोमबार २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ सेयर कित्ता १ लाख ३६ हजार ४९९ पटक किनबेच हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८७ रुपैयाँको कारोबार भएको थियो । उक्त रेकर्ड बिहीबार ब्रेक गरेको हो ।
बिहीबार ट्रेडिङ समूह २१८.५३ अंक, डेभलपमेन्ट बैंंक समूह ११४.३० अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ३२.६० अंक, म्युचुअल फण्ड समूह ०.०८ अंक, फाइनान्स समूह ३६.८१ अंक, हाइड्रो पावर समूह १३१.७८९ अंक र निर्जीवन बीमा समूह १४२.२९ अंकले बढेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स समूह १९१.६९ अंक, होटल तथा पर्यटन समूह २०.०८ अंक, इन्भेष्टमेन्ट समूह ०.६७ अंक, बैंकिङ समूह ६.४६ अंक, अन्य समूह २४.०२ अंक र जीवन बीमा समूह १३६.३६ अंकले घटेको छ ।