गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो ।
गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहने महानुभावहरुलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ । उदाहरणको लागि केन्द्रीय कार्यालयको गुगल प्लस कोड यस प्रकार रहेको छ: 7MV7P85C+QP।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VIS Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ विकास बैंक पहिलो
















