एकै दिन कोरोनाले इटलीमा ४ सय ७५ को ज्यान लियो

काठमाडौं । कोरोना भाइरसको कारण इटलीमा एकै दिन ४ सय ७५ जनाको ज्यान गएको छ ।
चिनबाट फैलिएको कोरोनाले पछिल्लो समय इटलीलाई सताएको छ । इटलीमा कोरोनाको प्रकोप फैलिएपछि त्यहाँ संकटकाल जस्तै भएको छ । मनिसहरु त्रसित बनेका छन ।
हालसम्म मानिसको मृत्युदर पनि इटलीमा उच्च देखिएको छ ।
इटलीको लोम्बार्डीमा एकै दिन ३ सय १९ र देशका अन्य भुभागमा गरी बुधबार ४ सय ७४ जनको ज्यान गएको हो । इटलीमा हालसम्मकै मृत्यहुनेको संख्या उच्च रहेको विविसिले बताएको छ । इटलीमा झण्डै ३ हजारले कोरोनाका कारण ज्यान गुमाएका छन ।