समृद्धि फाइनान्सले १४ लाख ८० हजार कित्ता बढी सेयर लिलामीमा बिक्री गर्ने « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

समृद्धि फाइनान्सले १४ लाख ८० हजार कित्ता बढी सेयर लिलामीमा बिक्री गर्ने



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १४ लाख बढी कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले असार ३ गतेबाट संस्थापक समूहको १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा बिmत्री गर्ने भएको हो ।

कम्पनीको लिलामी सेयरमा योग्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

धितोपत्र बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटलको कार्यालय, बैंक अफ काठमाण्डूका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा, हेटौँडास्थित समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, शाखाहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणगढ तथा कञ्चनपुरको महेन्द्रनगरस्थित ज्योति विकास बैंकको शाखामा बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र असार १० गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्