आरएमडिसी र नेशनल लाईफ इन्स्याेरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति छ ? « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

आरएमडिसी र नेशनल लाईफ इन्स्याेरेन्सको शेयरमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति छ ?



काठमाडौं । विभन्न दुई संस्थाको संस्थापक शेयरमा आवेदन दिने भोलि सोमबार अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था र नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ४१ हजार ८ सय ५६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे थियाे । नेशनल लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ५ सय १७ रूपैयाँ ताेकिएकाे छ । कम्पनीकाे सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै, आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको हो । संस्थाको शेयरको मूल्य न्यूनतम ४७७ रुपैयाँ तोकिएको छ । खरिद गर्न ईच्छुक आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

दुबै संस्थाको शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्