साढे ३ हजारको बाटोमा नेप्से, १ घण्टामा साढे ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । कोरोना महारमारीले अर्थतन्त्र ठप्प भएको बेला सेयर बजारमा भने रौनकता छाएको छ । देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी छ तर सेयर बजारमा भने ठूलो चलायमान भएको छ । त्यसैले लगानी गर्ने अन्य क्षेत्र सबै ठप्प भएका बेला लगानीकर्ता भने सेयर बजारमा ओइरिएका छन् ।
दैनिक रुपमा नयाँ नयाँ किर्तिमानी कायम गरिरहेको नेप्सेले सोमबार पनि नयाँ रेकर्ड बनाउने तयारीमा छ । सोमबार १२ बजेसम्म को तथ्याङ्क अनुसार ६ अर्ब रुपैयाँको कारोबार भएको छ भने यस अवधिमा साढे ३ हजार अंकको लयमा नेप्से छ ।

यो समाचार तयार पार्दासम्म (१२ बजे ) को तथ्याङ्क अनुसार नेप्से परिसूचक ३८.२९ अंकले बढेर ३०२१ अंकमा रहेको छ । त्यस्ते, एक घण्टामा ६ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ११ बजे ओपन भएको मार्केट १२ बजेसम्म पुग्दा २०८ कम्पनीको १ करोड १८ लाख २ हजार कित्ता ५८ हजार पटक किनबेच हुँदा ६ अर्ब ५७ करोड ८ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।