आईपीओ निष्कासनको अनुमति माग्दै युनियन लाइफ र सानिमा लाइफ धितोपत्र बोर्ड पुगे, कुनको कति ? « Arthapath.com
१ असार २०७८, मंगलवार

आईपीओ निष्कासनको अनुमति माग्दै युनियन लाइफ र सानिमा लाइफ धितोपत्र बोर्ड पुगे, कुनको कति ?



काठमाडौं । सर्वसाधारलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागी अनुमति माग्दै युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएका हुन् ।

युनियन लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने । बोर्डले अनुमति दियो भने कम्पनीले १०० रुपैयाँका दरले ६४ लाख ५० हजार कित्ता शेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशनपचात् चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर (आईपीओ) निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासनपश्चता चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । दुबै कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्