चिया भन्दा सस्तो ‘एनआईसी एशिया सेलेक्ट ३०’ बजारमा आउँदै « Arthapath.com
१ असार २०७८, मंगलवार

चिया भन्दा सस्तो ‘एनआईसी एशिया सेलेक्ट ३०’ बजारमा आउँदै



काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया सेलेक्ट– ३० (इन्डेक्स फन्ड) असार १० गते निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको छ । यो सात वर्षे बन्दमुखी योजना हो ।

१० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ निष्काशन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ ।

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । यस फण्डमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने क्यापीटलले जनाएको छ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्