बढ्दो बजारमा सामान्य अंकले करेक्शन, साढे १६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दिनभरिको उतार चढावपछि सामान्य अंकले करेक्शन भएको छ । निरन्तर नयाँ उचाईमा पुगिरहेको नेप्से मंगलबार सामान्य अंकले करेक्शन भएको हो । यसअघि हिजो सोमबार नयाँ रेकर्ड बनाएको र आइतबार साढे २० अर्ब रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको नेप्सेमा सामान्य अंकले करेक्शन भएको बताएको छ ।
मंगलबार नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ अंकमा बन्द भएको छ । यसअघि सोमबार ३०२५.८३ अंकमा बन्द भएर नयाँ रेकर्ड बनाएको थियो । तर मंगलबार भने सामान्य अंकले करेक्शन भएकाले आत्तिनुपर्ने अवस्था नभएको शेयर विज्ञहरु बताउँछन् । बढ्दो बजारमा सामान्य करेक्शनले कुनै असर नगर्ने उनीहरु बताउँछन् ।
त्यस्तै, मंगलबार दिनभरिमा २२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर १ लाख ६४ हजार पटक किनबेच हुँदा १६ अर्ब ५२ लाख ८७ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । हिजो सोमबार १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँको कारोबार भएको थियो । यसअघि आइतबार १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।
मंगलबार ट्रेडिङ समूह ११.०६ अंक, जीवन बीमा समूह १३.११ अंक, माईक्रोफाइनान्स समूह ३९.१४ अंक, डेभलपमेन्ट बैंक समूह २२२.८९ अंक, हाइड्रो पावर समूह ९०.७५ अंक, निर्जीवन बीमा समूह १.७६ अंक, बैंकिङ्ग समूह ६.८० अंक र फाइनान्स समूह ८६.५१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह ९०.३६ अंक, म्युचुअल फण्ड समूह ०.०५ अं, इन्भेष्टमेन्ट समूह २.२९ अंक, म्यानुफ्याक्ट्ररिङ समूह ७२.९२ अंक र होटल तथा पर्यटन समूह ५८.२५ अंकले बढेको छ ।