एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर १४० रुपैयाँ प्रतिकित्ताका दरले बिक्री गरिँदै « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर १४० रुपैयाँ प्रतिकित्ताका दरले बिक्री गरिँदै



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक समूह अन्तर्गत रहेको ९ लाख कित्ता संस्थापक शेयर अषाढ २ गते देखि बिक्रीमा राखेको हो ।

बैंकको उक्त शेयरको प्रतिकित्ता मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा खरिद गर्न इच्छुक संस्थापक वा जोकोही ब्यक्ति, कम्पनी, संस्घ–संस्थाहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्