स्वावलम्बन लघुवित्तको २ लाख कित्ता शेयर आजदेखि बिक्री खुला, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तको लिलामी शेयर आजदेखि बिक्री खुला गरिएको छ । नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर आज (असार ६ गते, आइतबार) देखि बिक्री खुला गरिएको हो । संस्थाको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आज (असार ६ गते, आइतबार) देखि असार १५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थाको शेयर बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेको छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।