कोर बैंकिङ्ग सिस्टम स्तरोन्नतिको काम सकिएपछि नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु

काठमाडौं । नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार आजदेखि सञ्चालनमा आएको छ । गत शुक्रबारदेखि कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले आज (अषाढ ७ गते, सोमबार) सम्म सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने जनाएको थियो । तर, कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नतिको काम सकिएकाले आज देखि सम्पूर्ण सेवा सुचारु भएको बैंकले जनाएको छ ।
नबिल बैंकले अषाढ ४ गते शुक्रबारदेखि कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले अषाढ ७ गते बिहान ९ बजेसम्मका लागी कारोबार बन्द गरेको थियो ।
आज सूचना जारी गर्दै बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा सञ्चालनमा आएको बैंकले जनाएको छ ।