थप ३७०३ जनामा कोरोना संक्रमण, ४९५९ जना संक्रमणमुक्त

काठमाडौं । मंगलबार थप ३ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हनेको जम्मा संख्या ६ लाख २६ हजार ३ सय ४घ पुगेको छ ।
त्यसैंगरी वितेको २४ घण्टामा थप ४ हजार ९ सय ५९ जना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय २ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ५२ हजार ६ सय ४ जना संक्रिय संक्रमित रहेका छन ।
मंगलबार वितेको २४ घण्टामा ४१ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय १३ जना पुगेको छ । हाल देशभर ४ सय २५ जना क्वारेन्टीनमा रहेका छन ।
