एभरेष्ट इन्स्योरेन्सको सीईओमा पुनः कमल गौतम, बीमा समितिले दियो स्वीकृति « Arthapath.com
१० असार २०७८, बिहीबार

एभरेष्ट इन्स्योरेन्सको सीईओमा पुनः कमल गौतम, बीमा समितिले दियो स्वीकृति



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमल गौतम पुनः नियुक्त भएका छन् । बीमा समितिले एभरेष्ट इस्योरेन्सको सीईओमा कमल गौतमलाई पुनः नियुक्त गर्न स्वीकृति दिएको हो ।

कम्पनीको संचालक समितिको निर्णयले सीईओ गौतमको कार्यकाल थप गर्दै स्वीकृतिका लागी बीमा समितिमा पत्र पठाएको थियो । बीमा समितिले बिहीबार गौतमलाई सीईओमा पुनः नियुक्त गर्न स्वीकृति दिएको हो ।

गौतमको कार्यकाल अषाढ १६ गते सकिँदैछ । सीईओ गौतमको कार्यकाल ४ वर्षको हुनेछ ।

को हुन्, कमल गौतम ?
सीईओ कमल गौतम नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनबि बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ । इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा समेत काम गरेका थिए ।

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसिसि बैंकमा गाभिए प्रश्चात नायव महाप्रवन्धकबाट गौतमले अवकास लिएका थिए । करिब ३ दशकको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् । उनि ४ वर्षअघि एभरेष्ट इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्