सामाजिक सुरक्षा कोषविरुद्ध जागे बैंकहरु, विरोधमा २९ संस्थाका कर्मचारी « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सामाजिक सुरक्षा कोषविरुद्ध जागे बैंकहरु, विरोधमा २९ संस्थाका कर्मचारी



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध २९ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघहरुले संयुक्त विरोध गरेका छन् । कोषमा आबद्ध हुँदा आफूहरुले ‘तीन दशकदेखि सामुहिक सौदाबाजी गरेर प्राप्त गरेको सेवासुविधाबाट नै विमुख हुनुपर्ने’ भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

गत मंगलबार नै यी संगठनहरुले सामुहिक विज्ञप्ती जारी गर्दै १५ बूँदे माग प्रस्तुत गरेका छन् । यसमा नेपालको संविधान, श्रम ऐन र अन्तरराष्ट्रिय श्रम संगठनका प्रावधानहरुको विरुद्ध नहुनेगरी निणर्य लिन सरकार र सामाजिक सुरक्षा कोषलाई आग्रह गरिएको छ ।

आफ्ना सुझावहरुलाई बेवास्ता गरेर ‘अनावश्यक डर, त्रास र दबाब श्रृजना गरेमा सशक्त आन्दोलनमा जाने चेतावनी’ विज्ञप्तीमा दिइएको छ । गत महिनादेखि कोषले बैंक वित्तीय संस्थालाई जबरजस्ती कोषमा सहभागि हुन ताकेता गरेपछि कर्मचारीहरु संगठीत रुपमा बोल्न थालेका हुन् । उनीहरुले आफ्नो खाइपाइ आएको सुविधा नकाटिने कानूनी व्यवस्थाको प्रत्याभूति दिन माग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघहरुले सामाजिक सुरक्षाको नयाँ प्रबन्धबाट हाल सामाजिक सुरक्षामा नसमेटिएका श्रमिक, मजदूरलाई जोड्नुको साटो वर्षैं देखि व्यवस्थित रुपमा सामाजिक सुरक्षाको उपयोग गरिरहेका पेशाकर्मीमाथि दबाब दिनु न्यायोचित नभएको बताएका छन् ।

CamScanner-06-24-2021-14.08


प्रतिक्रिया दिनुहोस्