२४ भदौ २०८३, बुधबार

‘हाम्रो परिवार राम्रो परिवार’ द्वारा नमुना चर्चलाई खाद्यान्न सहयोग



काठमाण्डौ । भनिन्छ नि आज नगरे कहिले गर्ने हाम्ले नगरे कस्ले गर्ने भन्ने नाराका साथ हाम्रो परिवार राम्रो परिवारले नमुना चर्चलाई खाद्यान्न सहयोग गरेको छ ।

अहिले निषेधाज्ञा छ घरमा नै बस्नु पर्ने बाध्यता भए पनि काम छैन । काठमाडौंमा दैनिक रुपमा कोरोना संक्रमण बढ्न थालेपछि निषेधज्ञा जारी रहेको बेला अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन् ।

 सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगेको अवस्थामा हाम्रो परिवार राम्रो परिवारले नमुना चर्चमा खाध्यान्न सहयोग गरेको छ।

 हाम्रो परिवार राम्रो परिवारको अध्यक्ष निर्मला अधिकारी,सचिव सचिव दिपेन्द्र खण्ड्काको नेतृत्वमा गएको राहत वितरण टोलीले शनिबारबार बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ मा रहेको नमुना चर्चलाई चामल २० बोरा, दाल ४० केजि, चिनि ४० केजि, तेल २० लिटर, नुन २० प्याकेट, मरमसला २० प्याकेट लगाएत खाध्यान्न चर्चका संसथापक गणेश देवकोटालाई हस्तान्तरण गरेको छ ।