४२ जनाको मुत्यु ,२४४४ जनामा कोरोना संक्रमण, ३८५३ जना संक्रमणमुक्त भए

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा ४२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तैगरी वितेको २४ घण्टामा ३८५३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । हाल देशभर ३७ हजार ९ सय ५० जना संक्रिय संक्रमित रहेका छन ।
