नागरिक लगानी कोषको संस्थापक १ लाख कित्ता सेयर किन्ने आज अन्तिम मौका

काठमाडौं । नागरिक लगानी कोषको संस्थापक समूहको सेयरमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । कम्पनीले असार ११ गतेदेखि लिलामीमा बिक्री खुल्ला गरेको सेयरमा आवेदन दिने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरिएको हो ।
कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । उक्त सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।