स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ऐतिहासिक “दुइ पछी फ्री” अफर « Arthapath.com
२० असार २०७८, आईतवार

स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ऐतिहासिक “दुइ पछी फ्री” अफर



काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक “दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ । यस अफरले आफ्ना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा उत्साह र उमँग आउने स्मार्ट टेलिकमले विश्वास लिएको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको स्मार्टले जनाएको छ ।

यो अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ । स्मार्ट आफ्ना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको छ । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ


प्रतिक्रिया दिनुहोस्