सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले दिए राजीनामा « Arthapath.com
२१ असार २०७८, सोमबार

सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले दिए राजीनामा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएका छन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तुलसीराम गौतमले राजीनामा दिएका हुन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ गौतमले राजीनामा दिएका सेञ्चुरी कमर्सियल बैंकका डेपुटी सीईओ मनोज न्यौपानेले जानकारी दिए ।

सीईओ गौतम सेञ्चुरी बैंकको सीईओ पदमा २०७५ वैशाखदेखि कार्यरत रहेका छन् । नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमले बैंकिङ क्षेत्रमा ३ दशक विताएका छन् ।

मार्केटिङ र फाइनान्समा एमबीए गरेका गौतम गौतम इक्रा नेपालका सीईओ थिए । इक्रा नेपालमा जानुअघि उनी माछापुच्छ्रे बैंकका सीईओ थिए ।


प्रतिक्रिया दिनुहोस्