कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड स्थानान्तरण भएको छ । बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबास स्थित दुम्किबास शाखा कार्यालय हाल सञ्चालित भवन देखि करिव ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।
ग्राहकहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले कार्यालय स्थानान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकले देशभर १ सय २७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा ATM मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।