जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यमानी ५ जनाले ११ कित्ता पाए, यसरि हेर्नुहोस रिजल्ट
काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड गरिएको छ । आज बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । त्यस्तै, भाग्यमानि ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
रिजल्ट हेर्न
https://www.nmbcl.com.np/shareallotment
https://iporesult.cdsc.com.np/
www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)













