८ प्रतिशत एभरेष्ट बैंकको ऋणपत्र २०७८ को रकम फिर्ता लिन आग्रह « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

८ प्रतिशत एभरेष्ट बैंकको ऋणपत्र २०७८ को रकम फिर्ता लिन आग्रह



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०७२ असार ३१ गते ५ लाख कित्ताको समयावधि आगामी असार ३१ गते सकिने भएको छ । बैंकले गत २०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ परिपक्व हुन लागेको हो ।

बैंकले उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुलाई आफ्नो मुख्य कार्यालय लाजिम्पाट र उपत्यका बाहिर रहेका ऋणपत्रधनीहरुलाई एभरेष्ट बैंकको पायक पर्ने कुनै पनि शाखा कार्यालयमार्फत ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जा सहित), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपी र रकम भुक्तानीको लागि बैंक खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

साथै आफै उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रितपूर्वक मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिपयत्रको प्रतिलिपी समेत अनिवार्य र रकम फिर्ताको लागि अनुरोध गरेको आधिकारिक पत्रसमेत राख्न अनुरोध गरेको छ ।

सूचना

यस एभरेष्ट बैंक लिमिटेडद्वारा २०७२÷०३÷३१ मा जारी गरिएको रु. १००० दरको ६ लाख कित्ता “८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २००८ को अवधि यही २०७८ आषाढ ३१ गते समाप्त हुने हुँदा उपत्यका भित्र रहनु भएका ऋणपत्रधनीहरुले एभरेष्ट बैंक लि. मुख्य कार्यालय, लाजिम्पाट काठमाडौं र उपत्यका बाहिर रहनु भएका ऋणपत्रधनीहरुले एभरेष्ट बैंक लि. को पायक पर्ने कुनै पनि शाखा कार्यालय मार्फत ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जा समेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचय पत्रको प्रतिलिपी र रकम भूक्तानीको लागि बैंक खाताको विवरण उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं ।

साथै स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने ब्यक्तिको परिचयपत्रको प्रतिलिपी समेत अनिवार्य रुपले पेश गर्नुहुन र संस्थागत ऋणपत्रधनीहरुको हकमा रकम फिर्ता लिन आउने कर्मचारीको नाम थर तथा दस्तखत नमूना सहितको रकम फिर्ताका लागि अनुरोध गरेको आधिकारिक पत्र समेत राखी पठाउनु हुन अनुरोध गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्