७ श्रावण २०८३, बिहिबार

बिहीबार नेप्सेमा २ कम्पनी साढे ९ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा सिभिल लघुवित्तको ३.५ प्रतिशत र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर बाफतको ९ लाख ५८ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.५ प्रतिशत बोनस बापतको ८१ हजार ८७६.७९५ कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्