यूनियन लाइफको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन पर्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

यूनियन लाइफको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन पर्यो



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा पहिलो दिन नै साढे ४ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अपराह्न ४ बजेसम्म यूनियन लाइफको आईपीओमा ४ लाख ६१ हजार ३६५ जनाले ८२ लाख ४७ हजार ८८० कित्ता सेयरका लागी आवेदन दिएका छन् । यो मागभन्दा १.४२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन तथा बिक्री गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।लगानिकर्ताहरुले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्