नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड,स्मार्ट बैंक तथा लकरहरुमा ३७ दिनसम्म छुटै छुट

काठमाडौं । नबिल बैंकले वार्षिकोत्सव अफर ल्याएको छ । बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” अफर ल्याएको छ ।
उक्त अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नया“ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल Card, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।
उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र लागु हुने बैंकले जनाएको छ ।
नबिल बैंकले देशभर १ सय ३५ शाखा, १ सय ८३ एटिएम मार्फत सेवा दिदै आएको छ ।