शुक्रबार कति छ सुनचाँदीको मुल्य ? « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

शुक्रबार कति छ सुनचाँदीको मुल्य ?



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । हिजो ५ सयले बढेको सुन आज स्थिर रहेर बिहिबारकै कारोबार मुल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार २ सय र तेजावि सुन ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

हिजो बिहिबार सुन तोलामा ५ सयले बढेर छापावाला सुन प्रतितोला ९३ हजार २ सय र तेजावि सुन प्रतितोला ९२ हजार ७ सय र चाँदीको मुल्य तोलामा ५ बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरि बुधबार सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन प्रतितोला ९२ हजार २ सयमा र चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हवार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्