१८ कार्तिक २०८३, बुधबार

सिन्धुपाल्चोक मेलम्चीका वाढी पिडित सव–डिलरहरुलाई डिशहोमको ५ जनालाई ५ लाख सहयोग



काठमाडौं । सिन्धुपालचोक मेलम्चीका बाढि पिडितलाई डिशहोमले राहात वितरण गरेको छ । बाढि पिडित क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरु लाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैया राहत वितरण गरेको हो ।

डिशहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन ।बाढी बाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवालले एक एक लाख राहत रकम प्राप्त गरेका छन ।

गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी वाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा ठुलो क्षती भएको थियो ।