३८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मुत्यु
काठमाडौं । आज बुधबार पछिल्ले २४ घण्टामा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ८८ हजार ३ सय ७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३३ जना संक्रमितको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ९१ पुगेको छ ।
वितेको २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ । हाल देशभर २९ हजार ४ सय ४४ जना संत्रिय संक्रमित रहेका छन ।













