फ्रेन्च यात्रु लिन बुद्ध पोखरा तिर तारा एयर लुक्लातर्फ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फ्रेन्च यात्रु लिन बुद्ध पोखरा तिर तारा एयर लुक्लातर्फ



काठमाडौँ । पोखरामा रोकिएका आफ्ना ४७ यात्रु लिन फ्रेन्च दूतावासले चार्टर्ड गरेको बुद्ध एयरको जहाज बिहीबार त्यसतर्फ उडेको छ।

७२ सिटको एटिआर फ्रेन्च दूतावा‍सका केही अधिकारीसहित ४७ यात्रु लिन पोखरातर्फ उडेको हो।

त्यस्तै, तारा एयरको जहाज रोकिएका पर्यटक ल्याउन लुक्लातर्फ उडेको छ।

यसबाहेक काठमाडौँको त्रिभुवन विमानस्थलबाट बिहीबार अन्य कुनै उडान नभएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्