सिद्धार्थ बैंकका सीईओ गौतमको कार्यकाल सकिँदै, कामु सीईओको जिम्मेवारी सुन्दर कँडेललाई

काठमाडौं । सिद्धार्थ बैंकको कामु सीईओमा कँडेल नियुक्त भएका छन् । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको हो ।
बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिने निर्णय गरेको हो । कँडेल नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल यही साउन २५ गते सकिँदै छ । कँडेलले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साउन २६ गतेबाट सम्हाल्ने छन् ।
