२६ श्रावण २०८३, मंगलबार

मेलम्चिको दुबै धारमा पहिरो, खोँचमा डाँडा झरेपछि लेदोको बाढी



काठमाडौं । मेलम्ची नदीको उच्च पर्वतीय क्षेत्रमा ठूलो पहिरो गएको पाइएको छ । नेपाल वातावरण पत्रकार समूहका सचिव निमेश रेग्मीले खोलाको उपल्लो भागमा निकै ठूलो पहिरो बगेको तस्वीर सामाजिक सञ्जलमार्फत् सार्वजनिक गरेका छन् ।

रेग्मी मेलम्ची खानेपानी अयोजनामा सञ्चार विज्ञका रुपमा समेत कार्यरत छन् । तारन्तार मेलम्चीमा आएको लेदो बाढीको स्रोत उक्त पहिरो भएको देखिएको छ । उच्च पर्वतीय क्षेत्रमा खोलाको दुबै धारमा पहिरो गएपछि खोलाको खोँचमा माटो थुप्रिएको छ ।

त्यही माटो मेलम्चीको पानीमा घोलिएर लेदोसहितको बाढी आएपछि मेलम्ची खानेपानी आयोजनादेखि त्यहाँका थुप्रै पुर्वाधार, घरबास र ठूलो खेतीयोग्य जमीन पुरेको छ ।