सिद्धार्थ बैंकका सीइओ गौतमको राजीनामा « Arthapath.com
१८ श्रावण २०७८, सोमबार

सिद्धार्थ बैंकका सीइओ गौतमको राजीनामा



काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गौतमले राजीनामा दिएका छन् । बैंकको सीईओमा नियुक्त भएको ४ बर्ष पुरा भएपछि सीईओ शम्भुनाथ गौतमले राजीनामा दिएका हुन् । सीईओ गौतमको कार्यकाल आगामी साउन २५ गते सकिँदैछ ।

बैंकको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद अधिकारीलाई कामू सीईओको जिम्मेवारी दिएको छ ।

सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शम्भुनाथ गौतमलाई २०७४ साल साउन २५ गते नियुक्ति गरेको थियो । बैंकको सीईओ बन्नुभन्दा अघि उनी सिद्धार्थ बैंककै डेपुटी सीइओ थिए । सिद्धार्थ बैंक स्थापना हुँदादेखि नै उनी बैंकसँग आवद्ध छन् ।

गौतमसँग ३५ वर्ष बैंकमा काम गरेको अनुभव छ । सीईओ गौतमले नविल बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा मास्टर्स गरेका गौतमले बैंकको सीइओ बनेपछि बैंकलाई निकै माथि ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्