सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी घटेपनि अन्य सूचकमा चमक « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, ब्याज आम्दानी घटेपनि अन्य सूचकमा चमक



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशतले बढेर ६ करोड १९ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा ३ करोड २ लाद ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख ७० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंककाृ खुद ब्याज आम्दानी २२ करोड २० लाख ६८ हजार रुपैयाँ थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेर ८ करोड ८५ लाख ६१ हजार रुपैयाँ कमाएको छ । फि तथा कमिसन मार्फत हुने आम्दानी ३४.५२ प्रतिशतले बढेर ३ करोड ४६ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख ४३ हजार रुपैयाँबाट बढेर ७ करोड ४४ लाख ९४ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेर ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष २३.०५ प्रतिशतले बढेर ९ करोड ८० लाख रुपैयाँ, निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख ३८ हजार रुपैयाँ, कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको रिटेर्न अर्निङ १४८.२६ प्रतिशतले बढेर ७ करोड ४४ लाख ९४ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा पुगेको भने मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्