कक्षा १२ को परीक्षा स्थगित गर्न मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस
काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई मन्त्रालयले सिफारिस गरेको हो ।
कोभिड– १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत जानकारी दिएका छन ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परिक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु,’ उनले ट्वविट गरेका हुन ।












