७५२ एसको खरिदमा पहिलो तीन जनालाई रु.१ लाख १० हजार आकर्षक छुट « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

७५२ एसको खरिदमा पहिलो तीन जनालाई रु.१ लाख १० हजार आकर्षक छुट



काठमाडौं । बेनेली इटालीयन ब्राण्डको प्रख्यात मोटरसाइकल कम्पनी हो । सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बनेको छ । यी मोटरसाइृकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि आरामदायीको अनुभूती गरेको पाईन्छ ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि. नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई विक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।

त्यसैगरी नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२ एसको उत्कृष्ट डिजाइनका साथ २०७७ साल चैत्र २५ गते बेनेली शोरुम नक्सालमा उद्घाटन भएको थियो । सधैझै यसले पनि चालकको आवश्यकतालाई मध्यनजर गरिएको हुँदा एउटा नयाँ उत्साह थप्दै आनन्दको अनुभव गराउने छ ।

७५२ एस को परिचय

खेलकुद तथा आकर्षक इतिहास ब्राण्डको अवधारणाको विकासले गर्दा पेसरो सहर प्रख्यात बन्न पुग्यो । बेनेली ७५२एस को सिरीजको पुर्नस्थापना गरे पश्चात यो मोटरसाइकल उच्चस्थरका भन्दा मध्यम स्तरीय मोटरसाइकल हो । जसमा बलियो, नेकड, ग्यारेन्टी, विश्वासका साथ आनन्द लिन सकिने भएको छ ।

गतिशील, ठोस, तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाईन भएको बेनेली ७५२क धेरैको रोजाई बन्ने पक्का छ । यसको बलियो ट्युब, फ्रेम, र स्टिलको प्लेटको आकार दिएको छ । चारवटा स्ट्रोकको ७५० CC Liquid-Cooled twin cylinder को ईन्जिन, 76 Hp df  8500 rpm र 67Nm मा 6500 rpm Power and Maximum Torque जडान गरिएको छ । स्थिरता र अटुट विश्वासका यसको अनुभूती गर्न सकिनेछ । प्रत्येक सिलिण्डरमा चारवटा भल्भ भएको र Electric Fuel Injection संग Double Throttle Body रहेको छ ।

यसैगरी, Hydraulic Break,  Brembo  Braking  System, Semi floating Disk, अगाडी Four Piston Calliper तथा पछाडी तीर Double piston floating Calliper, 17 Inch Aluminium Alloy rims, 120/70-17  र 180/55-17 आकारको tyres, 14.5 litres क्षमताको ट्याङकी रहेको छ ।

इटालीयन लेगेसी बेनेलीले आफ्नो ११०औं वार्षिकोत्सव मनाई रहेको हुँदा यसै अवसर पारेर नेपालमा पनि ७५२क को खरिदमा पहिलो तीन जना ग्राहकलाई रु.१ लाख १० हजार आकर्षक छुट रहेको छ । यो छुटको व्यवस्था बेनेलीको सबै डिलरहरुबाट लिन सकिन्छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध गराईनेछ ।


प्रतिक्रिया दिनुहोस्