शुक्रबार थप ३,९१५ जना कोरोना संक्रमण, २७ जनाको ज्यान गयो

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख २ हजार ५ सय ३२ पुगेको छ ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ यो संगै कोरोना संक्तमण हुनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार ११८ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ पुगेको छ । हालदेशभर ३८ हजार ७ सय ९८ पुगेको छ ।