शनिबार थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको ज्यान गयो

काठमाडौं । आज शनिबार पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वितेको २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या लाख ८० हजार ८१५ जना पुगेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् ।