३३ जनाको मुत्यु, ३०७५ जनामा कोरोना संक्रमण « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

३३ जनाको मुत्यु, ३०७५ जनामा कोरोना संक्रमण



काठमाडौं । आज विहिबार थप ३३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय २९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ ।

वितेको २४ घण्टामा २ हजार १ सय २६ जना कोरोना संक्तमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्