बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा १२ लाख ३० हजार कित्ता आवेदन पर्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा १२ लाख ३० हजार कित्ता आवेदन पर्यो



काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा करिब १७ हजारले आवेदन दिएका छन । आईपीओमा १६ हजार ९ सय ३२ जना आवेदकले १२ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको १२ लाख ३० हजार ७ सय ७७ कित्ताको लागि आवेदन दिएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जानकारी दिएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थाीय बासिन्दाले न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन ।उक्त शेयरमा यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिन सकिने कम्पनिले जानकारी दिएको छ ।

कम्पनीको आईपोओमा ज्योति विकास बैंक लिमिटेडको ( बट्टार, छहरे, देउराली, रानीपौवा, महादेभफाँट, सामरी, समुन्द्रटार, त्रिशुली नुवाकोट, गल्छी धादिङ्ग) शाखा, प्रभु बैंक लिमिटेडको ( बट्टार, महादेभफाँट नुवाकोट) शाखा तथा सिभिल र्बैक लिमिटेडको ककनी एक्सटेन्सन काउन्टर, टोखा, चावहिल, गोङ्गबु, स्वयम्भू, कपन तथा मुख्य शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्