यामाहाले महान पर्व दशैं तिहारलाई लक्षित गर्दै ल्यायो विशेष उपहार योजना रेस फर द एस अफर

काठमाडौं । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरेको छ । यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको छ ।
योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा रु.८,००० देखि रु.१ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नु हुनेछ । यतिमात्र हैन बम्पर पुरस्कार त झन् खास रहेको छ र बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नु हुनेछ ।
नेपालभरका सबै यामाहा शोरुमहरुमा संचालित देशव्यापी उपहार योजनाको बारेमा जानकारी दिंदैं एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्री ले भन्नु भयो “हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं । यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं । यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।”
नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधि एफआइयुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् ।